मतदाता भन्छन्: ‘भुगोल बुझेका आफ्नै क्षेत्रका एमाले उम्मेदवार भिम कार्की’

पाेखरा | कात्तिक २०, २०७९

मतदाता भन्छन्: ‘भुगोल बुझेका आफ्नै क्षेत्रका एमाले उम्मेदवार भिम कार्की’

 


 पोखरा । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।   


आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् । 


भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ ।


अन्य दलहरूले भुगोल बाहिरबाट निमन्त्रणा गरेर उम्मेदवार पठाएको हुँदा आफूहरू कुनै अलमलमा नपरी सबैलाई कार्कीको विजय अभियानमा लागि पर्न आग्रह गर्ने पोखरा महानगर वडा न १७ निवासी समीर श्रेष्ठले बताए ।


त्यसैगरी वडा नम्वर ३३  बाघमारा निवासी  स्थानिय  टंकराज आचार्यले विकासका पक्षधर, सरल इमानदार र निष्ठावान निरन्तर संघर्षले खारिएका आफ्नै क्षेत्रका नेता उम्मेदवार पाँउदा विकासको आशा रहेको भन्दै यसपटककोे आफुहरूको छनोट कार्की नै हुने बताए ।


पोखरा २१ निवासी २२ वर्षीय जीवन लामिछानलेले एमालेको घोषणापत्रले युवा क्षेत्रलाई विशेष चासो दिएर घोषणापत्रमा समेत एमालेले प्राथमिकता दिएको हुँदा सो कार्यान्वयनमा आफ्नै क्षेत्रको उम्मेदवार  पहिलो रोजाइमा रहने उल्लेख गरे ।


 नेकपा (एमाले) ले कास्कीको सबै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रमै  मतदाता भएका व्यक्तिहरूलाई उम्मेदवार बनाउदा कास्की क्षेत्र नम्वर २ मा गठबन्धनमा आबद्ध दलहरूले आमन्त्रित व्यक्तिहरू उम्मेदवार बनाउदा आफुहरूले अपमानित महसुस गरेको पोखरा १५ निवासी परशुराम पौडेलको भनाई छ ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्